ताजा समाचार

मन्त्रिपरिषद् पुनर्गठनको टुंगो लगाउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

केहीबेर अघि अध्यक्षद्वयबीत बालुवाटारमा छलफल सुरु भएको प्रचण्ड सचिवालयका प्रेससंयोजक विष्णु सापकोटाले जानकारी दिए।आजको छलफलमा पनि मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा एकिकारणका बाँकीलगायतका विषयमा छलफल केन्द्रीत हुने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा अध्यक्षद्वय गत बिहीबारदेखि लगातार छलफलमा छन् । तर, पछिल्लो छलफल भने निष्कर्षविहीन बनेका छन् । अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीमा कुरा मिल्न बाँकी रहेको नेकपा स्राेतले जनाएकाे छ ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो ।

निष्कर्षविहीन बनेका पछिल्ला छलफलले ओली-प्रचण्डबीच कति मन्त्री हेरफेर गर्ने, कसरी पार्टीभित्रका पूर्वसमूहहरूको भागबन्डा मिलाउने, मन्त्रालय टुक्य्राउनेलगायतका विषय पेचिलो बन्दै गएको स‌ंकेत गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org