ताजा समाचार

ओली–प्रचण्डबीच भेटवार्ता एकाएक स्थगित

प्रचण्डनिकट स्रोत भन्छ- प्रधानमन्त्रीको एउटै कुरा सुन्‍न किन भेट्नू ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको नियमित वार्तामा ब्रेक लागेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुईजना अध्यक्षबीच आज भेटवार्ता हुने र मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । तर, दुई अध्यक्षबीच आज वार्ता, छलफलको सम्भावना नरहेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।

“प्रधानमन्त्री ओली पछिल्लो चार दिन एउटै अडानमा हुनुहुन्छ । विषयमा गम्भीरताका साथ कुराकानी हुने पनि होइन । उहाँ प्रचण्डको प्रस्तावमा सहमत नभएसम्म वार्ताको औचित्य पनि छैन,” स्रोतले भन्यो ।

दुई अध्यक्ष झण्डै एकसातादेखि निरन्तर वार्तामा छन् । मन्पिरिषद् पुनर्गठन गरेर स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तदारुकता देखाउने इच्छा देखाए पनि दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन ।

ओली केही मन्त्री राख्ने र केही फाल्ने सोचमा छन् । प्रचण्ड अपवादबाहेक सबै मन्त्रीहरूलाई हटाएर आवश्यकलाई पुनर्नियुक्ति दिउँ भन्ने अडानमा छन् । मोडालिटीमै मत बाझिएपछि आजको बैठक अनिश्चित बनेको स्रोतको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org