ताजा समाचार

प्रधानमन्त्रीको गुनासो– मिडियालाई केही भन्यो कि बुरुक्क उफ्रिने प्रवृत्ति छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडियाका सम्पादकहरुसँग गुनासो पोखेका छन् ।

भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताए ।
उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए ।

सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए ।

“सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने,” उनले भने, “यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन ।

एकदम सेन्सेटिभ नि ! उसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि मसँग सञ्चारकर्मी सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर  भन्नुभयो । मैले भनेँ तपाईँहरुले दिनरात गालि गर्दा हुन्छ ।

मैले अलिकति भनेँ भने तपाईँहरु दिनरात गालि गर्ने मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो । आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने ।”

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org