ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ।

नियमित बैठक बिहीवार अपरान्ह बस्ने भए पनि आज भने बिहानै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

हप्तामा दुई दिन सोमवार र बिहीवार नियमित बैठक बस्न सक्ने ब्यवस्था रहेको थापाले जानकारी दिए। आज अपरान्ह प्रधानमन्त्री व्यस्त हुने भएकाले बिहानै बोलाइएको उनको भनाई छ। ‘हप्तामा दुई दिन बस्न सक्छ भन्ने हो। अरु बेला ४ बजे बस्ने गरेको थियो। आज बिहानै भयो,’ उनले भने।

मन्त्रिपरिषद पुनर्गठबारे चर्चा भए पनि ढिलाई भइरहेको छ। नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डबीच मन्त्रिपरिषदमा क-कसलाई सहभागी गर्ने र कसलाई बिदा गर्ने भन्नेमा कुरा नमिलेको बताइएको छ।

प्रचण्ड प्रधानमन्त्रीबाहेक सबैलाई राजिनामा गराएर पुनर्गठन हुनुपर्ने अडानमा छन् भने ओली पुराना अनुहारको पनि निरन्तरतामा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org