ताजा समाचार

राष्ट्रिय युवा संघले तोक्यो ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, कहाँ को?

काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले आफ्नो केन्द्रीय स्तरको एकता प्रक्रिया टुंगिएको जनाएको छ ।

असोज १४ र १५ गते संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को अध्यक्षमा बसेको कार्यालयको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुङ्ग्याएको हो ।

लामो समयदेखि अड्किएको बा“की रहेका जिल्लाहरुको संयोजक र सह–संयोजक तोक्दै ७७ वटै जिललामा इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजक चयन गरेको छ ।

त्यस्तै, बैठकले यसअघि गरेका संगठनात्मक निर्णयलाई अनुमोदन गर्नुका साथै केन्द्रीय कमिटीमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई मनोनित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org