ताजा समाचार

नेकपा सचिवालय बैठक आज

काठमाडाैँ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

पछिल्लो समय राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आलोचना गर्न थालेपछि बैठक बालोइएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी  राजदूतमा सिफारिस गरेको थियो।

पार्टीमा सल्लाहै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र तीन देशमा राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरु असन्तुष्ट छन्।

आजको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर असन्तुष्टि राख्ने तयारी गरेका स्रोतले जनाएको छ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुने बताइएको छ। नेकपामा मन्त्रिपरिषद्बाट हटाउने र थप्ने पात्रको विषयमा पनि सहमति जुट्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org