ताजा समाचार

प्रदेश ५ का राजधानी विवाद : बुटवलमा निषेधाज्ञा तोड्दै प्रदर्शन

काठमाडाैँ । प्रदेश सभामा दाङ देउखुरी राजधानी बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो ।

प्रस्तावको विरोध गर्दे कांग्रेस रुपन्देहीले रुपन्देही बन्दको आह्वान गरेको छ । भने यहाँका बुटवलका व्यवसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखी  ट्राफिकचोकसम्म र्याली निकालेका थिए । सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन् । प्रर्दशन कारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका बिभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको थियो उक्त निर्देशनको उल्लधन गर्दे  बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवल राधानी निर्णय कडा आन्दोलन गर्ने चेतावनी बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष खेम हमाल बताए । प्रशसानले सुरक्षा व्यवस्था कडा बनाएको दावी गरेको छ  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org