ताजा समाचार

शहरीमा नजाने अर्थ पाए मात्र जाने पाण्डेको अडान

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज सचिवालय बैठक बस्दै छ।

आज बस्ने सचिवालय बैठकमा पूर्ववर्ती एजेन्डा, राजदूत सिफारिस, पार्टी एकतालाई पूर्णता दिने प्रस्ताव आदिमा छलफल गर्ने कार्यसूची छ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालय पूर्ति गर्नेगरी मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय रिक्त छ।  अर्थ र सञ्चार प्रधानमन्त्री आफैंले राखेका छन्। सहरी विकासको अतिरिक्त जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ। ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी प्रधानमन्त्री ओलीले गरेको स्रोतको दाबी छ।

यो तीन मन्त्रालयमा आजै र नभए भोलि नयाँ मन्त्री आउने्छन्। जसमध्ये अर्थमा विष्णु पौडेल पक्का छन्। बाँकी दुईमा प्रधानमन्त्रीले नेताहरुले जान चाहेमा जर्नादन शर्मा र सुरेन्द्र पाण्डेलाई लान खोजेका छन्। तर पाण्डेले शहरीमा नजाने अर्थ पाए मात्र जाने अडान लिइ नै रहेका छन्। उनले अन्तिम सम्म यही अडानमा टिकिरहेमा ओलीले सहरी विकासमा प्रभु शाहलाई लैजाने सम्भावना देखिएको छ।

केही दिनअघि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको पाण्डे निकट स्रोतले जानकारी दिएको थियो। उनले त्यतिबेला अर्थबाहेक अन्यत्र नजाने बताएको पाण्डे निकट नेताहरू बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org