ताजा समाचार

रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

काठमाडाै ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय  व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्।

यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्।

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए।

‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्‍यो। हाम्रा माननीयहरूलाई मत राख्न समेत  बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौ,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org