ताजा समाचार

सहिदसँग बाबुरामले मागे क्षमा

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रदेशको नामाकारण जातीय आधारमा नभएको भन्दै सहिदसँग क्षमा मागेका छन् ।

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले ट्विटरमा सहिदसँग क्षमा मागेका हुन् । उनले लेखेका छन्– हिजो मगरात तमुवान ताम्सालिङ नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी गण्डकी वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो: ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ !’ सरी लली रोका,सुरेश वाग्ले।।!

सात प्रदेशमध्ये ५ वटा प्रदेशको नामाकरण भइसकेको छ । तीमध्ये सुदूरपश्चिम प्रदेश भौगोलिक आधारमा नाम राखिएको छ भने लुम्बिनी धार्मिक तथा गण्डकी, बागमती र कर्णाली नदीको नामबाट राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org