ताजा समाचार

खुमलटारमा गोप्य भेला: कर्णाली विद्रोह’प्रति पूर्वमाओवादीको चेतावनी, लहरो तान्दा पहरो खस्ला

भेलामा नेपालनिकट सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उपस्थित

काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले त्यहाकाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा दर्ता गरेपछि पूर्वमाओवादी केन्द्र सशंकित बनेको छ ।

कर्णाली प्रदेशमा पूर्वएमालेहरू एक भएर मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पूर्वमाओवादी केन्द्रका नेताहरूले बहुमतको बलमा अरू प्रदेशमा पनि मुख्यमन्त्री हटाउने चेतावनी दिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसारै माथि काम भएको हुनसक्ने औंल्याउँदै पूर्वमाओवादी क्षुब्ध बनेको हो।

आक्रोशित प्रचण्डले बिहानै खुमलटारमा गोप्य भेला आयोजना गरेर नेता नेपालसँग सोधेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको भेलामा नेता नेपालनिकट सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू उपस्थित रहेको स्रोतको दाबी छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए । केही माधव नेपालनिकट केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

“केन्द्रका नेताहरूको डिजाइनअनुसारै काम भएको हो भने यसको असर अन्यत्र पनि पर्छ। प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ । प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ,” एक पूर्वमाओवादी केन्द्रका नेताले  भने, “त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ ?”

उनले पूर्वएमालेका पोलिटब्युरो र अहिलेका प्रदेशका सहइन्चार्ज रहेका यामलाल कँडेलको मुख्यमन्त्री बन्‍ने सपना भाँचिएकाले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । कँडेलसहित पूर्वएमाले र माओवादी केन्द्रकासमेत गरी १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसले नेकपाको केन्द्रीय राजनीति तरङ्गित बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org