प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री
कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । उहाँको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्नुभएको छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन निहुँ खोजिरहुँ भनेरमात्रै हो । नत्र, कस्ताकस्ता निर्णय नसोधी गर्ने हिम्मत भएका केपीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै हैन ।
यसबीच, पूर्वमाओवादी अर्थात्, प्रचण्डका मान्छेहरू मन्त्री पाइन्छ भनेर केपीतिर लागे । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म केपीको लिष्टमा छन् । त्यसमध्ये पनि हरिबोल त पूर्वएमालेप्रति यति अनुदार कि, केपी ओलीलाई सिध्याउनै पर्छ भन्ने । तर, समयले कहाँ पु-याइदियो भने, माओवादी कोटामा त र केपीको रोजाइमा मन्त्री खान ठिक्क पर्नुपर्ने †
सहयोद्धाहरू साथै रहुन् भन्ने जोड प्रचण्डको छ, जवाफ पनि त्यस्तै आउँछ । तर, परिणाममा देखिन्छ– स्थिति त्यस्तो होइन । प्रचण्डले बादल, प्रभु र लेखराजको नाम केपीको मुखबाट सुन्नुपर्ने दिन कति कष्टपूर्ण भइरहेको होला !
पक्षधरता भन्ने चिज कति खतरनाक हुन्छ भने, पशुपतिका भूलभट्टले अरु थुप्रै देशका पत्रकार पुग्दा भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौलि कुमारप्रसादलाई मात्रै विशेष किसिमले रुद्राक्षको माला लगाइदिए, अरुलाई झारेझुरे व्यवहारमा पारे । किनभने, चन्द्रमौली थिए भारतीय, मूलभट्ट पनि त्यहीँका । यसरी मन्दिरमा त भेदभाव हुन्छ भने यो त व्यक्तिको तजबजिमा चल्ने पार्टी हो ।
यही दुःख बिर्सन प्रचण्ड सपरिवार शुक्रबार ककनी जानुभयो । र, फर्किएर आएपछि रिक्त तीन मन्त्रालय भरौँ भन्ने सहमति भयो । जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
स्थायी कमिटी बैठकले एक महिनाभित्र र सचिवालयले १० दिनभित्र पुनर्गठन गर्ने भनेको मन्त्रिपरिषद् दुई महिना बित्दा पनि केही हुन सकेको छैन । यो स्थितिले मन्त्रीहरूलाई मर्का परेको छ । आज हट्लान् र भोलि हट्लान् भनिएका मन्त्रीलाई कर्मचारीले नटेर्ने भइसके ।
प्रधानमन्त्रीकहाँ तारेख धाउने अवस्थामा पुग्नुभएका कार्यकारी अध्यक्ष प्रचण्डप्रति प्रधानमन्त्रीको आफ्नो खेमामा टिप्पणी छ, मच्चिन त सक्नुहुन्छ । अन्तिममा थच्चिनुको विकल्प छैन । नभन्दै मन्त्रीमा मुख मिठ्याउन बालुवाटारका हर्ताकर्ताहरूसँग पूर्वमाओवादीको भौतिक र टेलिफोनमार्फत् लाइन छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...