ताजा समाचार

नेयरमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित

एजेन्सी । नेयमारको ह्याट्रिकमा विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को शानदार जित हात पारेको छ ।

बुधबार बिहान भएको खेलमा पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

२८औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । ५९औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए ।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ उन्मुख भइरहेको खेलमा ८३औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जिततर्फ अग्रसर गराए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सीमिति बनेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पूरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org