ताजा समाचार

वामदेव मुद्दाको सुनुवाइ स्थगित

काठमाडाैँ । राष्ट्रियसभा सदस्यमा मनोनीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीशहरूको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको हो ।

बुधबार सुनुवाइ स्थगित भएसँगै मुद्दाको निरुपण दसैँपछि सर्ने निश्चितप्रायः छ ।  अब घटस्थापनाअघि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिनेछ ।

कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारेन्टाइन र केही आइलोसेलनमा रहेकाले शुक्रबारको सुनुवाइ पनि रोकिने सम्भावना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org