ताजा समाचार

कान्छो जिल्ला रुकुम पूर्वलाई अर्गानिक कृषि उत्पादनबाटै समृद्धि बनाउन सकिन्छः मन्त्री पाैडेल

रुकुम –पूर्व अर्गानिक जिल्ला घोषणा

रुकुम-पूर्व । रुकुम –पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडे्लले शुक्रबार रुकुम –पूर्वलाई अर्गानिक जिल्ला घोषणा गर्नुभएको हो ।

“रुकुम –पूर्व) को माटो चोखो छ, विषादी मिसीएको छैन्” मन्त्रि पौडेलले भन्नुभयो, “यस जिल्लाको अर्गानिक माटो, हावापानी र उत्पादनलाई बाचाई राख्ने लक्ष लुम्बिनी प्रदेशले लिएको छ ।” रुकुम –पूर्वलाई अर्गानिक जिल्लाको रुपमा विकसित गर्न प्र्देश सरकारले बजेट बिनियोजन गरिसकेको र योजनासहित कार्यान्वयनको चरणमा रहेको मन्त्रि पौडेलले बताउनुभयो ।

पछिल्लो समय परम्परागत खेती प्रणली पनि हराउदै गएको बताउदै त्यसको संरक्षण र उपलब्ध स्रोत साधनको प्रयोगले उत्पादनलाई बढवा दिनुपर्ने उहाँले बताउनुभएको छ । “तपाइ उत्पादन गर्नुस बजारको चिन्ता नगर्नुस”, मन्त्रि पौडेलले भन्नुभयो, “जिल्लामा जिल्ला स्तारको सहकारी र सबै पालिकाहरुमा पलिका स्तरको कोसेली घर निर्माण गर्छौ ।” यतिमात्र नभइ अन्य प्रदेशमा पनि यहाँको उत्पादनलाई पठाउने व्यवस्था गरिने उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश सरकारले अहिले कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको बताउदै अहिले कोभिड प्रभावित लक्षित कार्यक्रम सञ्चालन भइरहेको मन्त्रि पौडेलले बताउनुभयो । रुकुम –पूर्व) प्रदेश सरकारकै प्यारो जिल्ला भएकाले पनि यसलाई प्राथमिकतामा राखेर कृषिबाटै समृद्धि बनाउने योजना रहेको उहाँको भनाई छ ।

प्रदेश सरकारले कृषकहरुको लागि सुलभ कर्जा सहजिकरणसहितको सेवा, करार खेती कार्यक्रम, बिक्रिको आधारमा अनुदान, प्रत्येक वडामा हरित स्वयमसेवकलगाएतका कार्यक्रमहरु ल्याएको पनि जानकारी गराउनुभएको छ । आफ्नै, परिवारसँ मिलेर गर्ने उत्तम काम कृषि नै भएकाले सबैलाई कृषि क्रान्ति गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै जिल्ला स्थित स्थानीय तहका प्रतीनिधी, जिल्ला प्रशासनलगाएतका कार्यालयले समन्वय र सहकार्य गरेर अर्गानिक जिल्लालाई नमुना बनाउनको लागि आ–आफ्नो ठाउँबाट लाग्ने प्रतिबद्धता जनाएका छन् । रुकुम –पूर्व) लाई अर्गानिक जिल्ला घोषणासँगै मन्त्रि पौडेलले जिल्लामा नयाँ स्थापना भएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको उद्धघाटन गर्नुभएको छ ।
रुकुम –पूर्व) लाई अर्गानिक जिल्ला घोषणा गरेपश्चात मन्त्रि पौडेल जिल्लाको विभिन्न ठाउँमा नेतृत्व सम्हाल्नुभएका जनप्रतीनिधी, कर्मचारी र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम र्गाुभएको छ । अर्गानिक जिल्ला घोषणा पश्चात कसरी काम गर्न सकिन्छ र कसी कार्यायोजना बनाएर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

अर्गानिक जिल्ला घोषणा कार्यक्रममा कृषि मन्त्रि पौडेलसहित लुम्बिनी प्रदेशकी भौतीक पूर्वाधार विकास समिति सभापती आशा स्वर्णकार, प्रदेशसभा सदस्य तेजबहादुर ओली, पहिलो संविधानसभा सदस्य जुनकुमारी रोकालगाएत जिल्ला स्थित विभन्न कार्यालयका प्रमुख एवम् प्रतीनिधी, राजनीतिक दलका प्रमुख एवम् प्रतीनिधी लगाएतको उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org