ताजा समाचार

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि भर्चुअल अन्तर्क्रिया हुने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग मंगलबार भर्चुअल अन्तर्क्रिया गर्ने भएको छ ।

मंगलवार दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलका प्रतिनिधिसँग सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले अन्तर्क्रिया गर्ने जनाइएको छ ।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी नहुने जनाइएको छ । कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधित्व गर्ने जनाइएको छ ।

‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)का विषयमा चिनियाँ पक्षले आफ्नो कुरा राख्ने र नेपालका राजनीतिक दलहरूबाट प्रतिबद्धता खोज्ने जनाइएको छ । ।

सीपीसीले सबै राजनीतिक दलका प्रतिनिधिसँग एकैपटक छलफल गर्न लागेको यो पहिलो पटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org