धुम्बाराहिमा प्रचण्डको ब्रिफिङ- ‘मैले सचिवालय बैठक बोलाए पार्टी फुटको घोषणा हुन्छ रे !’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सम्पन्न भएको छ । सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका छन् ।
‘पटकपटक प्रयास गर्दा पनि हिजोसम्म अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनु भएन’, बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सहमति नभएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाएर बस्नुभयो भने त्यो नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर भन्नु भएको कुरा अध्यक्ष प्रचण्डले आज जानकारी दिनुभयो ।’
पार्टी एकताको अवस्थालाई सहमतिकै माध्यमबाट कायम गर्नुपर्ने भन्दै प्रचण्डले शुक्रबारका लागि अनौपचारिक बैठक बोलाएको श्रेष्ठको भनाइ छ ।
धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता सहभागी थिए । बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन ।
अध्यक्ष ओलीले बैठक उपस्थित नहुने जानकारी गराएका थिए भने अन्य तीन सचिवालय सदस्य बैठकमा सहभागी भएनन् ।
धुम्बाराही छलफलमा सहभागी नभएका महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सिंहदरबारको छुट्टै छलफलमा सहभागी थिए ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीले पनि आफूविरुद्ध कहाँ केके भइरहेको छ भन्ने बारे सबै सूचना आफूसँग भएको बताउँदै खुमलटार र कोटेश्वरमा गुटगत भेला र बैठक गरेर विभाजन ल्याउन खोजेको आरोप लगाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको तर आफू पछि नहट्ने बताएका थिए।
अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। धुम्बाराही बैठकमा यी र यिनै विषयमा छलफल भएको जानकारी श्रेष्ठले दिए ।
Comments
अरु समाचार
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार...
-
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ काठमाडौंमा बैठक सुरु
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँमा हुने बैठकमा...
-
सरकार र अनसनरत रुवी खानबीच के के भयो सहमति ?
काठमाण्डौ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम्...
-
रास्वपाले माग्यो राजदूतका लागि आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक...
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष...
-
डीआईजी पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ...
-
प्रतिनिधिसभाको बैठकमा आज सुरक्षित कारोबार विधेयक टेबुल गरिने
काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको...
-
मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । बहालवाला मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा...