ताजा समाचार

प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले बुझाए लिखित पत्र

काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

शनिबार भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्।

पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताइएको छ।

भोलि या पर्सि नै बैठक बोलाउने प्रचण्ड समूहको अपेक्षा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org