ताजा समाचार

बैठक बोलाउन प्रचण्डसहित ५ नेताको लिखित अनुरोध, ओली बोलेनन्

काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, ओली अझैपनि टसमस नभएको बुझिएको छ ।
पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर ५ नेताले ओलीलाई लिखित पत्र बुझाएका हुन् । सो पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए ।           पार्टी एकता रक्षा गर्नका लागि  समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बाेलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर बैठकमा प्रधानमन्त्री बैठक बोलाउन राजी भएनन् । प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबोलेको जानकारी दिए । यद्यपी ५ नेता एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् ।
पार्टीभित्र विवाद उग्र बनिरहेको बेला शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् ।

पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् । यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए ।  ओलीले बुधबार र बिहीबार आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।

यस्तै पछिल्लो समय ओली र प्रचण्डबीच छलफल हुँदै आएको भएपनि सहमतिको साटो झन् भनाभन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org