प्रचण्ड-नेपाललाई तर्साउँन ओलीको अस्त्र कांग्रेस !
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू प्रधानमन्त्री केपी शर्मा ओलीले दस्तावेजमार्फत फर्काउने ‘जवाफ’को प्रतीक्षामा छन् ।
प्रधानमन्त्री ओलीको अस्त्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका आफ्नो विपक्षमा भएका नेताहरूप्रति लक्षित छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार भेटेर ८ मन्त्रालयसहित संयुक्त सरकार बनाउन आग्रह गरेलगत्तै अन्य साना दलका नेताहरूसँग सरकारमा सहभागी हुने सम्बन्धमा ओलीले छलफल चलाएका छन्।
ओली निकट नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी तथा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग छलफल अघि बढाउन आफू निकट केही नेतालाई खटाएका छन्।
‘प्रधानमन्त्रीज्यूले कांग्रेस सभापति देउवासँगको भेटमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गर्नुभयो, त्यति मात्रै होइन, अन्य मधेश केन्द्रितसहित अन्य साना दललाई ४ वटा मन्त्रालय दिने गरी आवश्यक रणनीति बनाउनु भएको बुझेँ,’ ओलीसँग पछिल्ला दिनहरूमा छलफलमा सहभागी रहेका नेकपाका एक नेताले भने।
यसअघि, बालुवाटारमा शनिबार भएको कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले ८ मन्त्रालय लिन र सरकारमा आउन आग्रह गरेका थिए।
नेपाली कांग्रेसका सभापति देउवा निकट स्रोतका अनुसार उनले ओलीलाई पार्टीमा सल्लाह नगरी यस विषयमा केही भन्न नसक्ने जवाफ दिएका छन्।
‘ओलीजीसँगको भेटमा सभापतिले प्रचण्डसँग मिलेर जानुस् भन्नु भएको जानकारी आएको छ, साथै ८ मन्त्रालय लिएर साझा सरकार गठनका लागि ओली प्रस्ताव गरेको बुझेको छु,’ देउवा निकट एक नेताले भने।
भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता संकटमा पुगेको निष्कर्ष ओलीले देउवालाई सुनाएको स्रोत भनाई छ।
‘८ मन्त्रालय दिनुस्, साझा सरकार बनाऔं, अब पार्टी एकता भनेर सँगै बस्न सक्ने अवस्था छैन, त्यसैले मैले तपाईलाई बोलाएको हुँ,’ ओलीको भनाई उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो।
स्रोतका अनुसार प्रचण्डले शुरुआती दिनमा सहयोग गरेजस्तो गरे पनि अहिले आफूविरुद्ध गम्भीर आरोपमा उत्रिएकाले पार्टीको एकता संकटमा परेको ओलीको धारणा थियो। ओलीले प्रचण्ड र नेपालसँग सम्झौता नगर्ने, बरु पार्टी फुटाएर कांग्रेस र अन्य दलसँग मिलेर सरकारको नेतृत्वमा टिकिरहने रणनीति लिएका छन्।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले कोरोना प्रकोपको संक्रमण र प्रभाव नियन्त्रण बाहिर जान नदिन उचित कदम चाल्न र पार्टीमा सल्लाह गरेर मात्रै निर्णयहरू गर्न सुझाव दिएका छन्।
पार्टी एकता संकटमा परेको निष्कर्षसहित प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आइतबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए।
सचिवालयको १० दिनका लागि स्थगित बैठकको सन्दर्भ र आगामी रणनीति तयार गर्नका लागि ओली आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्।
नेकपाका एक केन्द्रीय नेताका अनुसार ओलीले आइतबार बिहान आफू निकट मन्त्रीहरूसँग छलफल गरेका थिए। साथै पूर्व माओवादीका केही नेताहरूसँग पनि उनले छलफल परेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग पनि आगामी रणनीतिका सन्दर्भमा सल्लाह मागेका छन्। एक मन्त्रीका अनुसार ओलीले पार्टी एकता संकटमा परेकाले अबको नयाँ ढंगले जानुको विकल्प नरहेका बताएका छन्।
‘अध्यक्ष प्रचण्डको आरोप र अबको रणनीतिमा बैठक केन्द्रित थियो, प्रधानमन्त्रीजी पार्टी एकता संकटमा परेको विषयले गम्भीर देखिनु भएको थियो,’ ती मन्त्रीले भने, ‘अहिले पनि पार्टीका नेताहरूसँग लगातार छलफलमै हुनुहुन्छ।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...