ताजा समाचार

मौसम प्रतिकुलता कारण प्रधानमन्त्री ओली सवार हेलिकोप्टर ल्याण्ड भएन…

काठमाडाैँ । इलाम आउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा हेलिकोप्टर ल्याण्ड नभएपछि स्थानीयहरू निराश बनेका छन्।

बिहानैदेखि नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा प्रधानमन्त्री ओली आउने भएपछि सयौको संख्यामा स्थानीयबासिन्दा र कार्यकता भेला भएका थिए। प्रधानमन्त्रीको सुरक्षाको चारवटै सुरक्षा निकायको टोली हिजोबाट नै कार्यक्रमस्थलमा परिचालित थिए।

ताप्लेजुङमा कार्यक्रम सकेर प्रधानमन्त्री २ बजे सिमा निरीक्षणको लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीको लागि आइपुग्ने समयसिमा तय थियो। मंसिर ५ र ७ गते २ पटक समय रद्ध भएर आजका लागि तय भएको कार्यक्रममा समेत ओली जौबारी आइपुगेनन्। अपराहन्न साढे १ बजे ताप्लेजुङको घुन्सा र ओलाङचुङगोलाको कार्यक्रम सकेर प्रधानमन्त्री चढेको हेलिकप्टर इलाम तर्फ उडेको थियो।

तर, मौसम प्रतिकुल बनेपछि प्रधानमन्त्री चढेको हेलिकप्टर जौवारी आइनपुगी विराटनगरमा ल्याण्ड भयो। ५ घन्टा भन्दा लामो सयम प्रतीक्षा गरेका स्थानीयबासिन्दा, कार्यकता र पत्रकार त्यसै फर्कनुपरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org