ताजा समाचार

महासचिवले बैठक बस्न हुन्न भन्ने विचारलाई साथ दिनु गलत होः उपाध्यक्ष गाैतम

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न भनेका छन्।

पार्टीभित्र देखिएका विवादबारे सचिवालय बैठकमै छलफल गर्न पाँच जना सचिवालय सदस्यले बैठक माग गरे पनि ढिलाइ भएको थियो।

महासचिव विष्णु पौडेललाई उपाध्यक्ष गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई साथ नदिन भनेका छन्।

गौतमले यो कुरा शनिबार बसेको सचिवालय बैठकमा राखेका थिए।

‘पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ,’ उनले भने, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु?’

बैठकको व्यवस्थापन मिलाउन नसक्दा पार्टीमा समस्या देखिएको उपाध्यक्ष गौतमको भनाइ छ।

‘यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न,’ उनले भने।

उपाध्यक्ष गौतमले शनिबार सचिवालयमा प्रस्तुत गरेको धारणा आइतबार उनको सचिवालयले सार्वजनिक गरेको छ।

यस्तो छ गौतमको धारणा:

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ। वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु।

पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्।

चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ। किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ।

यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न सुरू गर्दा साथ पार्टीको पुनर्जीवन सुरू भइहाल्छ।

यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यबाद छ।

बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुबै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ।

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।

यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु?

यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनु हुन्न।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org