ताजा समाचार

सचिवालयमा ओलीको प्रस्ताव–बैठक नराखौं, विष्णु पौडेलबाहेक सबै सदस्यको विरोध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नै नराख्न मंगलबार प्रस्ताव गरेपछि चर्काचर्की परेको छ । बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको स्रोतले जानकारी दियो ।
तर अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।

दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org