ताजा समाचार

सचिवालय बैठकअघि खुमलटारमा ५ भाईको रणनितीक भेला

काठमाडौँ । सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का बहुमत सदस्यहरुले छलफल गरेका छन् ।

बुधवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सचिवालयका ५ सदस्यहरु भेला भएका थिए । छलफलमा प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नाराणाकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जानकारी दियो ।

आज दिउसो १ बजे  बालुवाटारमा सचिवालय बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने सम्भावनाका कारण कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

यद्यपी अन्तिममा आएर प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org