ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै ,प्रहरी बढुवाबारे निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद‍् बैठक बोलाएका छन्।

बैठकले प्रहरी बढुवाबारे निर्णय गर्ने कार्यतालिका रहेको बुझिएको छ । बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको बुझिएको छ। बिहान राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।

पार्टीमा विवाद चुलिदै गएपछि नेकपा सचिवालयमा एक्लिदै गएका ओलीले कुनै ‘बोल्ड’ निर्णय लिने तयारीमा रहेको बालुवाटार स्रोतको दाबी छ।प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो । सामान्यत: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org