ताजा समाचार

सभापती देउवाले बोलाए केन्द्रिय पदाधिकारी बैठकः तनहुँ घटनाबारे छलफल हुने

काठमाडाैँ । नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन ।  दिउँसो २ बस्ने बैठकमापदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुनेछन् ।

बैठकमा गत मंसिर १७ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीद्वारा गरिएको पक्राउ तथा समसामयीक राजनितीक बिषयमा   बारेमा समेत छलफल हुने सभापती देउवाका स्वकिय सचिव भानु देउवाले न्युज-नेपाललाई जानकारी दिए ।

तनहुँको व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो । नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको थियो ।

र समसामयीक राजनितीक विषयमा समेत छलफल हुने स्वकिय सचिव देउवाले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org