ताजा समाचार

नेता नेपाललाई प्रश्नः राजनीति गरेको कार्यकर्ता भर्ती गर्न कि जनसेवा गर्न ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धन बनाएका छन् ।

वास्तवममा त्यो गठबन्धन प्रधानमन्त्री ओलीका काम कारबाही र संस्थागत निर्णयका लागि नभएर आफ्ना स्वार्थसिद्ध गर्नका लागि भएका तथ्यहरू खुल्दै जान लागेका छन् । अहिले ओलीसँग दाहालभन्दा बढी उग्र असन्तुष्ट वरिष्ठ नेता नेपाल देखिएका छन् । आफूले भनेका केही काम नगरेकाले नेपाल ओलीसँग रुष्ट देखिएका हुन् ।

नेपालले आफ्ना स्वकीय सचिव यादव शर्मालाई राजदूत, भाई सरोज उपाध्यायलाई इञ्जिनियरिङ परिषद्को रजिष्ट्रार र आफ्नो समूहका स्थायी समिति सदस्य डा. बेदुराम भुसाललाई मन्त्री बनाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले नेपालको त्यो आग्रहलाई अस्वीकार गरेपछि अहिले खेदो खनेर हटाउन लागेका हुन् । ओली भने सिफारिस गरिएका पात्रहरू उपयुक्त नभएकाले नियुक्त गर्न नसकिने बताएका थिए । स्वकीय सचिव शर्मा पहिला देखिनै विवादास्पद व्यक्ति हुन् ।

उनको आचरण ठिक देखिन्न र निर्वाचनमा पनि पूर्वएमाले हुँदा एमालेका उम्मेदवारलाई मत नहाल्ने व्यक्ति हुन् । सधै नेपालको वरिपरि घुम्ने र चाकडी गर्ने बाहेक उनीसँग कुनै योग्यता देखिन्न । रजिष्ट्रार बनाउन भनेका सहोदर भाइ सरोजसँग पनि जिम्मेवारी अनुरुपको काम गर्न सक्ने ल्याकत नभएको रिपोर्ट आफूले पाएपछि नियुक्त नगरेका हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य डा. भुसाल अहिलेसम्म मन्त्री नभएर र कम्युनिष्ट सिद्धान्तमा अडिक नेता हुन् । तर, उनीसँग न कार्यकर्ता छन् र संगठन निर्माण गर्न सक्ने ल्याकतै उनीसँग छ । गृहजिल्ला कपिलवस्तुमा समेत आफ्नो पक्षमा सय जना उतार्न नसक्नेलाई मन्त्री दिन उपयुक्त नहुने प्रधानमन्त्रीको बुझाइ छ ।

आफ्ना यी काम नगरेपछि नेपालले ओलीको साथ चटक्कै छोडेर प्रचण्डतर्फ लहसिएका मात्रै छैनन्, ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन ओली विरोधी माहोल पार्टीमा निर्माण गरिरहेका छन् । यस्तो काम गर्दै गर्दा नेपालले २०५१ सालदेखि ओलीले आफूलाई १५ वर्षसम्म तत्कालिन एमालेको महासचिव हुँदा लगाएको गुन भने चटक्कै विर्सेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ तीन गते बनेको नेकपा एक रहला नरहला तत्काल केही भन्न सक्ने अवस्था छैन । तर, मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गरेर होइन व्यक्तिगत स्वार्थमा लिप्त भएर बनाइने गठबन्धन आम नागरिक र मुलुकलाई योगदान गर्नतर्फ लाग्छ कि आफ्नो स्वार्थसिद्ध गर्ततर्फ यो प्रश्न टटकारो रुपमा बाहिर आएको छ ।

सम्बन्धित सामाचार यो पनि पढ्नुहोसः- 

नेता राधाकृण मौनालीले गरे यस्तो खुलासा-‘अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन्,माधव नेपाल’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org