ताजा समाचार

बुटवलमा गोली चल्यो, एकजना घाइते

काठमाडाैँ । बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्।

बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ।

पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org