ताजा समाचार

बामदेवलाई चुनावी प्रधानमन्त्री बन्न ईश्वरको प्रस्ताव

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

आइतबार बिहान उपाध्यक्ष गौतमलाई फोन गरेर पोखरेलले अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन र चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।

स्थायी समिति बैठक अगाडि गौतमलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका तर्फबाट पोखरेलले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।

‘ईश्वर कमरेडले फोन गरेर अहिले रोजेको मन्त्रालय लिन र चुनावी प्रधानमन्त्री बनाउछौँ भनेर गौतमलाई अफर गर्नुभएछ’, गौतम निकट एक नेताले  भने, ‘त्यसलाई उहाँले अस्वीकार गर्नुभयो।’

उनले स्थायी समिति बैठकमा छलफल गरेर सबै कुराको टुंगो लगाउनुपर्ने जवाफ दिएको ती नेताले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org