ताजा समाचार

सहमतीको एजेण्डा तयार पार्न ओलीको अनुरोध, आजको स्थायी कमिटीमा उपस्थित नहुने

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बस्दै छ ।

दिउँसो १ बजे धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ ।

आजको एजेण्डा विहिन स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ओलीले एजेण्डा विहीन स्थायी कमिटी बस्नुको कुनै औचित्य नरहेको र सहमतीको एजेण्डा तयार गर्न स्थायी कमिटीलाई अनुरोध गरेका छन ।

सचिवालय बैठकमा  ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठकको कुनै औचित्य नभएको बताएका थिए ।

बिना एजेन्डा बैठक बोलाउन नहुने अडान उहाँको थियो,’’ बालुवाटार स्रोतले भन्यो, ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org