ताजा समाचार

नेकपा स्थायी समिति बैठक सुरु

काठमाडाैँ । नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए ।

नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए ।

‘‘प्रधानमन्त्री ओलीले कार्यसूची तय गरेर मात्रै स्थायी कमिटी बैठक बोलाउनुपर्ने र बिना अजेन्डा बैठक बोलाउनु को औचित्य नभएको , ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org