ताजा समाचार

सर्वदलीय बैठकः प्रधानमन्त्रीलाई विपक्षी नेताको सुझाव ‘पहिला तपाईं सच्चिनोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ।

प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउँदै लैजान सरकारको विशेष भूमिका हुने भन्दै सोहीअनुसार काम गर्न सुझाव दिएका हुन् ।

संविधान कार्यान्वयनलाई सबल बनाएर अघि बढ्न सरकारलाई विपक्षी दलहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउँदै लैजान सरकारको विशेष भूमिका हुने भन्दै सोहीअनुसार काम गर्न सुझाव दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरू आन्तरिक विवादमा जेलिएको मौका छोपी दक्षिणपन्थी सलबलाहट बढेको भन्दै संविधान रक्षाका लागि एक जुट हुन आह्वान गरेका थिए ।

बैठकपछि कांग्रेस नेता रामशरण महतले भने, ‘सरकारकै कमजोरीका कारण गणतन्त्रविरोधीहरूले सलबलाउने मौका पाएको कुरा हामीले स्पष्ट राख्यौँ । प्रधानमन्त्रीजीले कांग्रेसको आन्दोलन रोक्न आग्रह गर्नुभयो । तर, हामीले तत्काल यो आन्दोलन रोक्न अस्वीकार गरेका छौँ ।’

बैठकमा राप्रपाले राजसंस्थाको पक्षमा भइरहेको सडक आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको स्पष्ट पारेको थियो । राप्रपाका तर्फबाट नेता दीपक बोहोराले आफूहरू संविधानविरोधी नभएकाले राजसंस्थालगायतका राप्रपाका केही एजेण्डामै केन्द्रित भई छलफल हुने गरी अर्को सर्वदलीय बैठक बोलाउन प्रस्ताव गरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org