ताजा समाचार

नेकपाका नेता कमानसिंह लामाको मृत्युप्रति प्रचण्डले गरे दु:ख व्यक्त

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वसांसद समेत रहेका लामाको कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो ।
प्रचण्डले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेक छन् ।

प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् ।

जुझारु र बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न आफूले उनको अभावको महशुस गरेको प्रचण्डले आफ्नो शोक वक्तव्यमार्फत भनेका छन् ।

लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिंह लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा  निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org