ताजा समाचार

संवैधानिक परिषद्को बैठक सकियो, अर्को बैठक मंसिर ३० गते

संबैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता देउवा र सभामुख सापकोटा अनुपस्थित

काठमाडाैँ ।  संवैधानिक परिषदको बैठक सकिएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान नौ बजे बालुवाटारस्थित सरकारी निवासमा परिषदको बैठक बोलाएको बैठकमा  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र  सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछी अर्को बैठक मंसिर ३० गते बस्ने गरी सकिएको हो ।

बैठकका लागि तोकिएको समयमा प्रधान न्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएका थिए।

देउवा र सापकोटा अनुपस्थित भएपछि उपस्थित सदस्यहरुको बैठक केहिबेर बसेर स्थगित भएको थियो।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा ४० भन्दा बढी पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन् ।

निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ । राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ । त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ । समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन् । आयुक्तहरू खाली छ ।

प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा उपस्थित नहुँदा यसअघिका बैठक प्रभावित हुँदै आएको थियो । गत वैशाख ८ गते मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को गणपूरक संख्या कटौती गर्नेगरी, प्रमुख प्रतिपक्षीको उपस्थितिबिना नै निर्णय गर्न बाधा नपर्नेगरी अध्यादेश जारी गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org