ताजा समाचार

नेम्वाङले प्रचण्डलाई भने:विपक्षीले पनि नेकपाको एकता चाहेका छन्, दुई अध्यक्ष मिल्नुस्

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड मिलाउन दौडधुप गरिरहेका नेम्वाङले आइतबार पनि एकताका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नरहेकोमा जोड दिएको बाह्रखरीलाई बताए ।

“अध्यक्ष प्रचण्डकै बोलावटमा म बिहान साढे आठबजेतिर खुमलटार पुगेको थिएँ । मैले दुई अध्यक्ष मिल्नकै लागि जोड दिएँ,” नेम्वाङले भने, “तपाईंहरूले नै पार्टी एकता गर्नुभएको हो । जोगाउने दायित्व पनि तपाईंहरूकै हो भनेर भन ।” अहिलेको सन्दर्भमा पार्टीका तलदेखि माथिसम्मका नेता–कार्यकर्ताले एकता चाहेको र प्रमुख प्रतिपक्षीलगायत विपक्षीले पनि नेकपा एकताबद्ध नै रहोस् भन्ने चाहेकाले दुई अध्यक्षले त्यो भावना बुझ्नुपर्ने नेम्वाङको जोड थियो ।

“नेकपाभित्र विवाद देखापर्दा प्रणालीमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा मिल्नुपर्दैन भनेर प्रश्न गरेँ,” नेम्वाङ भन्छन् । कुराकानीका क्रममा प्रचण्ड सकारात्मक रहेको पाएको उनको भनाइ थियो । पार्टी मिल्नु, मिलाउनुपर्छ भन्नेमा आफू प्रस्ट सकारात्मक रहेको जवाफ दिएको नेम्वाङ बताउँछन् ।

प्रधानमन्त्री ओली पनि एकता बचाउन सकारात्मक रहेकाले आफू आशावादी रहेको उनको भनाइ थियो । आजको बैठकचाहिँ कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै टुङ्ग्याउने तयारी रहेको उनले सुनाए । लामाको गत मङ्सिर २४ गते निधन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org