ताजा समाचार

राजनीतिक नेतृत्वमा धैर्यता देखिएनः उपप्रधानमन्त्री पोखरेल

काठमाडाैँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले राजनीतिक नेतृत्वमा धैर्यता नहुँदा पुनः अस्थिरता निम्तिने जोखिम बढेको बताएका छन् ।

‘जनताले यो सरकारलाई पाँच वर्षकालागि अभिमत दिएका हुन्, तर राजनीतिक नेतृत्वमा त्यतिञ्जेल कुर्न सक्ने धैर्यता देखिएन,’ पार्टीको विवादतर्फ इङ्गित गर्दै उनले भने ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाले गरेको एक कार्यक्रममा बोल्दै नेकपाको सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राजनीतिक नेतृत्वको गलत प्रवृत्तिका कारण देशले फेरि अस्थिरताको दुष्चक्र झेल्नुपर्ने अवस्था आउन नहुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org