ताजा समाचार

अध्यादेशपछि खुमलटारमा प्रचण्ड-नेपाल पक्ष छलफलमा

काठमाडाैँ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

आज बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद(काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेपछि नेकपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यादेश जारी भएपछि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ , बरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल,  उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका छन् ।

अध्यादेश पार्टीमा कुनै छलफल नै नगरी आएकोले तुरुन्त फिर्ता हुनु पर्ने प्रचण्डले माग गरेका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यादेश पार्टीमा छलफल नै नगरी आएकाले भोली बस्ने स्थायी कमिटीको बैठकमा कुरा उठाउने बताए । उनले भने ‘यो पार्टीमा छलफल नै नगरी आएको छ । यसबारेमा भोलीको स्थायी कमिटीको बैठकमा कुरा उठाउछौ ।’ भोली बस्ने स्थायी कमिटीको बैठकमा पुन नेताहरु आमुन्ने सामुन्ने हुने देखिन्छ । सरकारले वैशाख ८मा जारी गरेको अध्यादेश ४ दिन पछि फिर्ता लिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org