ताजा समाचार

सुवास नेम्वाङ पनि खुमलटार

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् ।

खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।

‘अध्यादेश ल्याउनुहुँदैनथ्यो यो कदम गलत भयो यो निकै गम्भीर छ,’ प्रचण्डको भनाई उद्दृत गर्दै नेम्वाङले भने ।उनले अध्यादेश फिर्ता हुनुपर्ने माग समेत अघि सारेका थिए । त्यसको जवाफमा नेम्वाङले अध्यादेशबारे आफुलाई धेरै जानकारी नभएको र यो विषय दुई अध्यक्षले टुंगो लगाउनुपर्ने बताए ।

‘मलाई पनि अध्यादेशबारे धेरै जानकारी थिएन यो विषय अब दुई अध्यक्षलेनै टुंगोमा पुर्‍याउनुपर्ने राय मैले दिएँ,’ नेम्वाङ्ले  भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org