ताजा समाचार

सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ ।

बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको हो ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org