ताजा समाचार

स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड छलफलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकअघि छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्षबीच छलफल भएको हो ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अहिले दुईजना अध्यक्षबीच छलफल भइरहेको छ ।

उनका अनुसार दुईजना अध्यक्षबीचको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्नेछ । स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org