ताजा समाचार

बालुवाटारमा जारी नेकपा बैठक सकियो, ५ गते स्थायी समिति र १० गते केन्द्रीय समिति

काठमाडाै ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीभित्रको तनावका बीच सुरु भएको स्थायी कमिटी बैठक सकिएको छ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org