ताजा समाचार

नेकपा अध्यक्षद्वयलाई कमल थापाको कटाक्ष- ‘गणतन्त्रको धज्जी नउडाउनुहोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाको आन्तरिक विवादलाई लक्षित गर्दै  ‘गणतन्त्र को धज्जी’ नउडाउन नेकपा अध्यक्षद्वयलाई भनेका छन्।

नेकपाभित्रको कलह र सोही कारण राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रममा टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले राजसंस्थासहितको लोकतन्त्रको पक्षधरहरूलाई समेत लाज लागेको बताए।

सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान थापाले लेखेका छन्, ‘हामी जस्ता राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोस्।’

पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भीमकाय व्यक्तित्व खिया परेर धुलिसात भएको उनले लेखेका छन्।

“हिजो हिमालय पर्वत जस्तो भीमकाय तपाईहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भइसक्यो”, अध्यक्ष थापाले लेखेका छन्, “कमसेकम लोकजज्जाको त ख्याल गर्नुहोस्।”

उनले अब, अति भयो भन्दै गाईजात्रा बन्द गर्नुपर्ने लेखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org