ताजा समाचार

‘ओली-प्रचण्डको पत्रबारे पार्टी कमिटीमा छलफल जरुरी छैन’: उपप्रधानमन्त्री पोखरेल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले ओली र प्रचण्ड दुवैका पत्रबारे पार्टी कमिटीमा छलफल जरुरी नभएको बताए ।

अब नयाँ सहमतिको प्रस्तावमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

एक टेलिभिजन अन्तरवार्तमा  ओली–प्रचण्डको ‘पत्रयुद्ध’बारे सोधिएको प्रश्नमा पोखरेलले भने, ‘ती दुवै दस्तावेजहरुलाई रिफरेन्स म्याटरको रुपमा हेर्न सकिने भयो, पढ्न सकिने भयो, मनन गर्न सकिने भयो, त्यसलाई थन्काउन सकिने भयो ।

“…प्रतिवेदन भनौं वा अभियोग पत्र, अब त्यसमा आधारित भएर छलफल गर्न आवश्यक छैन । अब कुन किसिमले जाने भनेर सहमतिको प्रस्ताव तयार गर्नुपर्छ, त्यही सहमतिको प्रस्तावमा अगाडि बढ्नुपर्छ ।’ सहमतिको प्रस्ताव बनाउने स्पिरिटमा स्थायी कमिटीका सम्पूर्ण सदस्यहरु लाग्ने उनको विश्वास छ ।”

कुनै पनि निर्णय बहुमत अल्पमतको आधारमा गर्न नहुने बताउँदै पोखरेलले आगामी महाधिवेशनसम्मै सहमतिको आधारमा जानुपर्ने बताए । उनले भने, ‘बहुमत अल्पमतको आधारमा निर्णय गरियो भने हाम्रो एकताको स्पिरिटअनुसार पार्टी जान सक्दैन । पार्टीका आधारभूत कुराहरुमा, महत्वपूर्ण कुराहरुमा मतामतबाट जानु हुँदैन, महाधिवेशनसम्म सहमतिकै आधारमा जानुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org