ताजा समाचार

सभामुख सापकोटाको मुद्दा आज सुनुवाई नहुने

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।

तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने  भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org