ताजा समाचार

औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

काठमाडौं । संसद्को‌ सार्वजनिक लेखा समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुक्रबार बोलाएर समितिले छलफल गरेको थियो ।

समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

यसअघि समितिको बैठकमा स्वास्थ्यमन्त्री ढकालले ओम्नी समूहलाई राज्यकोषबाट एक पैसा पनि नदिइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले छलफलका लागि बोलाइएका मन्त्री ढकालले ओम्नीलाई एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको ढकालले बताए ।

उनले आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने बताए ।
त्यस्तै औषधि खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रक्रियामा संलग्न कर्मचारीहरूसँग सोधपुछ गर्ने काम भइरहेको पनि मन्त्री ढकालले जानकारी दिए ।

त्यस्तै, मन्त्री ढकालले सार्वजनिक खरिदको अनुगमन कार्यालयले स्वास्थ्य सामाग्री खरिदमा औंल्याएको कमजोरीबारे आफूलाई थाहा नभएको पनि बताए ।

महानिर्देशकको क्षेत्राधिकार मिचेको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै नीतिगत टिप्पणी मात्र आफूले मन्त्रिपरिषद्‌मा लगेको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org