ताजा समाचार

प्रचण्डलाई भेट्न खुमलटार जाँदै प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास खुमलटार जाँदैछन्।                               यसअघि ओलीलाई भेट्न प्रचण्ड नै प्रधानमन्त्री निवास बालुवाटार लगातार जाने गरेको थिए। शुक्रबारको भेटमा प्रचण्डले आफू मात्रै बालुवाटार धाइरहेको भन्दै ओलीलाई खुमलटार आउन भनेका थिए। त्यही कारण आपसी वार्ताका लागि प्रधानमन्त्री नै प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन्।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबी शुक्रबार पेरिस डाँडामा भएको भेलापछि थप आक्रामक हुने बताइरहेको अवस्थामा ओली प्रचण्डलाई भेट्न जान लागेका हुन्। प्रचण्डको निजी सचिवालयले प्रधानमन्त्री ओली १० बजेपछि खुमलटार आउने जानकारी दिएको छ।

ओली आफैं प्रचण्ड निवासमा गएर विवाद मथ्थर बनाउन खोजेको उनका एक सहयोगी बताउँछन्। यसअघि शुक्रबार साँझ ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा संवाद भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org