ताजा समाचार

बालुवाटारमै प्रचण्ड, ओलीले मानेनन् भेट्न

काठमाडाैँ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने निर्णय गरेका हुन्।

मन्त्रिपरिषदले उक्त निर्णय गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग कुरा गर्न चाहेका थिए।

प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए।

‘उहाँले तपाईं र म कुरा गरौं भन्नुभएको थियो तर प्रधानमन्त्रीले समय दिनुभएन,’ प्रचण्डनिकट स्रोतले भन्यो।

प्रचण्ड अहिले पनि बालुवाटारमै छन्।

यसअघि शनिबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली उनको निवास खुमलटारमा पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org