ताजा समाचार

मन्त्रिपरिषद् बैठकमा ३ मन्त्रीले गरे प्रधानमन्त्रीको प्रतिवाद

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका हुन् ।

उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असैवधानिक हुनेजस्ता गर्न गर्दै प्रतिवाद गरेका थिए ।
तर ओलीले कुनै तर्क नगरी तपाईँहरुको कुरा सुनेँ भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए ।

बैठकमा सहभागी एक मन्त्रीले तीन मन्त्रीले प्रतिवाद गर्दा ओलीले कुनै सुनुवाइ नगरी ‘तपाईँहरुको कुरा सुनेँ, अब म हिँडे’ भन्दै बैठक सकिएको घोषणा गरेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org