ताजा समाचार

अख्तियार प्रमुखमा प्रेमकुमार राईको नाम संसदिय समितिमा पुग्यो

काठमाडौँ । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिस संसदिय समितिमा पुगेको छ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ।

उक्त निर्णय गोप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ। तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ।

यसले गर्दा अब सुनुवाइबिनै नियुक्तिका लागि ४५ दिनपछि बाटो खुलेको छ। राईसँगै  अख्तियार दुरुपयोग अनुसन्धान आयोग  आयुक्तमा उच्च अदालतका न्याधििस किशोर सिलवाल   पुर्व  एआइजि जयबहादुुर चन्द लगाएत पदाधिकारिलाइ पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ।

नेकपाका दुई अध्यक्षबीच अध्यादेश फिर्ता लिने, कसैलाई पनि सिफारिस नगर्ने र विशेष अधिवेशनका लागि तयार भएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने सहमति भएको थियो ।

BREAKING NEWS:अख्तियारको प्रमुखमा प्रेम कुमार राई,आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द सिफारिस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org