ताजा समाचार

गृहमन्त्री बादललाई भेट्न प्रचण्ड पुल्चोकमा

काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन्।

सोमबार मध्यान्ह अध्यक्ष प्रचण्ड पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेको स्रोतले बतायो।

‘अध्यक्ष प्रचण्ड गृहमन्त्री थापासँग छलफलका लागि मन्त्रीनिवास आइपुग्नुभएको छ’, स्रोतले  भन्यो।

सोमबार बिहान गृहमन्त्री थापा प्रधानमनत्री ओलीले बोलाएको भेलामा नगई आफूपक्षीय नेताहरुसँग मन्त्रीनिवासमै छलफल गरेका थिए।

त्यसको केहीबेरमा नै अध्यक्ष प्रचण्ड पुल्चोक पुगेको र अहिले दुई नेताबीच छलफल भइरहेको स्रोतले बतायो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org